प्रधानमन्त्रीले ५१,००० भन्दा अधिक युवाहरूलाई नियुक्ति पत्र वितरण गरे

Narendra-Modi-2023-11-c9c9fd96860567bb910b79498ca0f038-2.jpg

नयाँ दिल्ली: प्रधानमन्त्री नरेन्द्र मोदीले बिहीवार भीडियो कन्फ्रेन्सिङ्गको माध्यमबाट नवनियुक्त कर्मीहरूलाई ५१,००० भन्दा अधिक नियुक्ति पत्र वितरण गरे।

यस अवसरमा प्रधानमन्त्रीले भने, रोजगार मेलाले युवाहरूको लागि ‘विकसित भारत’ -को निर्माता बन्ने मार्ग प्रशस्त गर्दछ।

नवनियुक्त युवाहरूलाई भविष्यको लागि शुभकामना दिँदै प्रधानमन्त्रीले भने, यो नियुक्ति पत्र तपाईहरूको परिश्रम र प्रतिभाको परिणाम हो। विभिन्न सरकारी विभागहरूमा नियुक्ति पाउनेहरूको प्राथमिकता देशवासीहरूको जीवनलाई सुगम बनाउने हुनुपर्छ।

उल्लेखनीय छ, यो रोजगार मेला देशभरिका ३७ स्थानहरूमा आयोजना गरियो। देशभरिबाट चुनिएका नयाँ कर्मचारीहरूले सरकारको राजस्व विभाग, गृह मन्त्रालय, उच्च शिक्षा विभाग, स्कूल शिक्षा औ साक्षरता विभाग, वित्तीय सेवा विभाग, रक्षा मन्त्रालय, स्वास्थ्य एवं परिवार कल्याण मन्त्रालय तथा श्रम औ रोजगार मन्त्रालय सहित विभिन्न मन्त्रालय तथा विभागहरूमा योगदान दिनेछन्।

नवनियुक्त कर्मीहरूले आईजीओटी कर्मयोगी पोर्टलमा एक अनलाइन मोड्यूल कर्मयोगी प्रारम्भको माध्यमबाट आफूलाई प्रशिक्षित गर्ने अवसर पनि पाउनेछन्। आईजीओटी कर्मयोगी पोर्टलमा ‘कुनै पनि ठाउँमा कुनै पनि उपकरणमाथि’ सिक्ने प्रारूपमा ८०० भन्दा अधिक ई-लर्निङ्ग पाठ्यक्रम उपलब्ध गराइएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement