शहीद कप फूटबलः मानजिंग फूटबल एकाडमी सेमिफाइनलमा

IMG_20220720_192758.jpg

२० जुलाईः माल बस्ती युथ (गोरुबथान)-को तत्त्वावधानमा आयोजित शहीद कप नक्आउट फूटबल टुर्नामेण्ट २०२२-मा मानजिंग फूटबल एकाडमीले सेमिफाइनलमा प्रवेश गऱ्यो। माल बस्ती खेल मैदानमा जारी यस इलेभेन ए साइड टुर्नामेण्टअन्तर्गत बुधवार भएको क्वार्टर फाइनल म्याचमा मानजिंग एफए-ले माल बस्ती युथलाई ३-०-ले पराजित गऱ्यो। टुर्नामेण्टका दुईवटा सेमिफाइनल म्याच २३ र २४ जुलाईमा खेलिनेछ।

यसरी नै फाइनल म्याच २७ जुलाईमा हुनेछ। टुर्नामेण्टमा विजेता हुने टीमलाई ५० हजार रुपियाँको साथमा आकर्षक ट्रफी प्रदान गरिनेछ। यसरी नै उपविजेता टीमलाई ट्रफीको साथमा ३० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिने आयोजक समितिको पक्षबाट जानकारी दिइएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement