खरसाङ: तीनधारे चियाबारीको प्राथमिक पाठशालामा २०८ औं भानु जयन्ती कार्यक्रम सम्पन्न भएको छ। उक्त कार्यक्रमको सभाध्यक्षता पाल्साङ तामाङ अनि प्रमुख अतिथिको रुपमा तीनधारे चियाबारीको प्रमुख प्रबन्धक नितिसचन्द्र विस्वास उपस्थित थिए भने विशिष्ठ अतिथिको रुपमा तीनधारे महानदी समष्टिको सभासद नवराज छेत्री, संगीतकार बरुण रसाईली, मित्र संघ गोलाई पाखाको सभापति ज्ञानबहादुर राई, साहित्य कला संस्थान तीनधारेको सचिव सन्तोष लामा, प्रधान अध्यापक महेन्द्र तामाङ आदि उपस्थित रहेका थिए। प्रशान्त बराईलीद्वारा सञ्चालन गरिएको कार्यक्रममा गोदावरी संघ गैरी गाउँका नानीहरूले रामायण पाठ गरेका थिए। कार्यक्रममा बिपन रसाईली, दिवाकर शंकर, ईशान्त विश्वकर्म आदिले समूह गीत प्रस्तुत गरेका थिए भने सतीस रसाईली, अमीर तामाङ, रमेश तामाङ, स्मृत राई अादिले एकल गायन प्रस्तुत गरेका थिए। कार्यक्रममा तीनधारे चियाबारीको विभिन्न स्थानहरूबाट आएका नानीहरूले नृत्य प्रस्तुत गरेका थिए।

यसको साथै तीनधारे चियाबारीमा रोटरी क्लबको तत्त्वावधानमा ११७ वटा असल प्रकारका चश्माहरू वितरण गरिएको थियो। त्यसरी नै तीनधारे चियाबारीमा रक्तदान शिविर सम्पन्न भएको थियो जसमा २२ जनाले रक्तदान गरेको जानकारी तीनधारे चियाबारीबाट सह प्रबन्धक सुकुमार बराईलीले दिएका छन्।









