मानव अधिकार सुनिश्चित गर्न संगठन प्रतिबद्ध: नुर्जा रसाइली

IMG-20220720-WA0128.jpg

मिरिक। भारतीय सम्बिधानले देशका हर एक नागरिकलाई विभिन्न अधिकार प्रदान गरेता पनि दार्जीलिङ पहाडमे भने मानव अधिकार हनन भई रहेको दाबी अन्तर्राष्ट्रिय मानव अधिकार एवं अपराध नियन्त्रण संगठनले गरेको छ। संगठनका दार्जीलिङ जिल्ला कमिटीका महासचिव नुर्जा रसाइलीले दार्जीलिङ पहाडी क्षेत्रका जनताले अधिकार प्राप्त हुँदा-हुँदै पनि बन्चित रहनु परिरहेको तथा बन्चित गराउने षड्यन्त्र भईरहेकोमा आपत्ति जनाउदै यसतो षड्यन्त्र विरुद्ध प्रत्येक नागरिक जागरुक बन्न पर्ने बताए। उनले आज मिरिक प्रेस क्लबमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै संगठनले यस्ता अदृश्य षड्यन्त्र माथी निगरानी राखी रहेको बताउदै संगठनले आम जनताको अधिकार सुनिश्चित गर्न प्रतिबद्धताको साथ कार्य गरिरहेको जानकारी दिएकी छन्।

About Author

Advertisement