मन्त्री ज्योतिप्रियको समर्थनमा अघि आइन् ममता

IMG-20230410-WA0169-11-300x172-6

कोलकाताः पश्चिम बंगालकी मुख्यमन्त्री ममता ब्यानर्जीले राशन वितरण भ्रष्टाचारको मामिलामा राज्यका पूर्व खाद्य मन्त्री तथा वर्तमान वन मन्त्री ज्योतिप्रिय मल्लिकको घरमा ईडीको कारबाहीमाथि प्रश्न उठाएकी छन्। उनले यस छापामारीलाई भाजपाको सुनियोजित षडयन्त्र ठहर गरेकी छन् र भाजपाले नराम्रो राजनीति गरिरहेको बताएकी छन्।

ममताले भनिन्, ज्योतिप्रिय मल्लिक शुगर रोगी हुन् र यदि यो छापामारीमा उनलाई केही भयो भने ईडी र भाजपा विरूद्ध प्राथमिकी दर्ता गरिने छ। भाजपाले सबका साथ सबका विकासको कुरा गर्छ तर वास्तवमा भाजपाले सबैको सर्वनाश गरिरहेको छ।

-हिस

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement