बंगालमा केन्द्रिय एजेन्सीको निशानामा कसरी आए मन्त्री ज्योतिप्रिय

IMG-20230410-WA0169-11-300x172-6

कोलकाताः राज्यको खाद्य एवं आपूर्ति विभागका प्रभारी नरहे तापनि पश्चिम बंगालका वन मन्त्री ज्योतिप्रिय मल्लिक करोडौं रूपियॉंको राशन वितरण मामिलामा ईडीको जॉंचको दायरामा आएका छन्। विगत दुई वर्षदेखि उनीसॅंग पोर्टफोलियो नरे तापनि ईडी अधिकारीहरूले मल्लिकलाई यस मामिलामा जोडेको छ।

एजेन्सी सूत्रहरू अनुसार, कोलकाताका एक व्यवसायी बकीबुर रहमानको आवास र कार्यालयबाट जफत गरिएको दस्तावेज, जसलाई हालैमा मामिलाको क्रममा ईडीले पक्राउ गरेको थियो, पछि अधिकारीहरूलाई उनकहॉं लिएर गएको हो। मल्लिकले शुरू देखि नै उनको रहमानसॅंग चिनाजानी नरहेको बताउॅंदै आएका छन्। तर, ईडी अधिकारीहरूलाई उनी खाद्य एवं आपूर्ति विभागका प्रभारी मन्त्रीछॅंदा अनियमितता भएको दस्तावेज हात लागेको छ। यस कारण उनीसॅंग सोधपुछ गरिएको हो।

-हिस

About Author

Advertisement