मन्त्री ज्योतिप्रियाको पैतृक आवासमा पुग्यो ईडीको टीम

IMG-20230410-WA0169-11-300x172-6

कोलकाताः पश्चिम बंगालको चर्चित राशन वितरण भ्रष्टाचार मामिलामा केन्द्रिय प्रवर्तन निदेशालय (ईडी) को टीमले बिहिवार राज्यका वर्तमान वन मन्त्री तथा पूर्व खाद्य मन्त्री ज्योतिप्रिय मल्लिकको सल्ट लेकस्थित घरमा छापा माऱ्यो। यसपछि सॉंझ ईडीको टीम बेनियाटोलास्थित ज्योतिप्रिय मल्लिकको पैतृक आवास पुग्यो। यहॉं पनि खोजी अभियान चलाइएको छ।

केन्द्रिय एजेन्सीका सुत्रहरू अनुसार, राशन वितरण भ्रष्टाचारको मामिलामा पक्रा परेका बकीबुर रहमान ज्योतिप्रिय मल्लिककै सहयोगी हुन्। मल्लिकको छत्रछायामा उसले वर्षौसम्म राशन वितरणमा भ्रष्टाचार गरेको आरोप छ। मल्लिकको घरबाट संदिग्ध दस्तावेजहरू बरामद गरिएको बताइएको छ।

-हिस

About Author

Advertisement