राज्यपालले गरे निर्माणाधीन कर्मचारीहरूको आवासको निरीक्षण

n5481906961697561180336e6deb63c7f34912c38bd00d4e7b68b2c7a732fb7583c9870b79fc4b0b05babc4.jpg

गान्तोक: ‘एक भवन एक परिवार’ अन्तर्गत सिक्किमका राज्यपाल लक्ष्मण प्रसाद आचार्यले आज कर्मचारीहरूको निर्माणाधीन आवासको निरीक्षण भ्रमण गरे। यसावधि राज्यपालले निर्माणाधीन आवासको कार्य प्रगति र अन्य जानकारीहरू लिए। उनले निर्माण स्थलमा उपस्थित अभियन्तासॅंग पनि कुराकानी गरे।

राज्यपालले भने, कर्म नै उपासना हो। सबैले आफ्नो काम इमानदारीपूर्वक गर्नुपर्छ। उनले निर्माण कार्य निर्धारित समयमा पूरा होस र गुणवत्तापूर्ण होस भन्ने इच्छा व्यक्त गर्दै स्वस्थ र सुन्दर घर सबैको अधिकार हो भनी बताए।

भ्रमण अवधि राज्यपालसॅंग राजभवनका सचिव दोर्जी भोटिया, एडीसी मेजर सन्दिप मिश्रा, उप कुल सचिव दिवास गौतम तथा अन्य कर्मचारीहरू उपस्थित थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement