विभिन्न संघ संस्थाद्वारा मुख्यमन्त्री राहत कोषमा सहयोग प्रदान

IMG-20231017-WA0269.jpg

गान्तोक: गत ४ अक्टोबरको दिन लोहनार्क झील परिसरमा बादल फाटेपछि राज्यको विभिन्न स्थानमा व्यापक क्षति पुऱ्याएको छ। उक्त धेरै मानिसहरू घरबिहिन बन्न पुगेका छन् भने धेरै जनाको मृत्यु भएको छ। हाल वर्तमान सरकारले वाढ प्रभावित परिवारलाई विभिन्न प्रकारको सहयोग पुऱ्याउने काम युद्धस्तरमा सञ्चालन गरिरहेको छ भने राहत कार्यमा पनि विभिन्न संघ संस्था साथै व्यक्ति विशेषले योगदान पुऱ्याउने क्रम जारी रहेको छ। यसै क्रममा शिक्षा विभागका वर्ष २०२२ का सहनिर्देशकको व्याचले आज मुख्यमन्त्री राहत कोषमा एक लाख दुई हजार प्रदान गरेको जानकारी गराइएको छ। उक्त संस्थाले आज मुख्यमन्त्रीका कार्यालय सचिव एसडी ठकाललाई चेक प्रदान गऱ्यो। सोही प्रकारले तादोङ डाँडा गाउँमा सञ्चातिल ग्रीनडेल उच्चत्तर माध्यमिक विद्यालयले पनि मुख्यमन्त्री राहत कोषमा आज एक लाख प्रदान गरेको जानकारी गराएको छ। उक्त विद्यालयकी प्रचार्य र निर्देशक एवम विधायक जीटी ढुङ्गेलले मुख्यमन्त्रीलाई उनको सरकारी निवास मिन्तोगाङमा भेट गर्दै राहत राशि प्रदान गरिएको हो। यसै क्रममा सिक्किम स्टेट सर्विस अफिसर्स एसोसिएशनले ३५ हजार रूपियाँ मुख्यमन्त्री राहत कोषमा प्रदान गऱ्यो। संस्थाका कार्यकारी सदस्य दुष्यन्त परिवारले नेतृत्वमा गएको टोलीले सम्मान भवनमा मुख्यमन्त्रीका सचिव एसडी ढकाललाई हस्तान्तरण गरे। यसरी नै सोम बहादुर सुब्बाले मुख्यमन्त्री राहत कोषमा दस लाख प्रदान गरेका छन् भने भाइचुङ भोटियाले २५ लाख ९९ हजार ९९९ रूपियाँ, सन्तोष अग्रवालले ५ लाख, सन्तोष अग्रवालले ५ लाख, ब्रदर्स फार्मले ५ लाख. अल सिक्किम डेपुटेसन एसोसिएशनबाट ३ लाख, सञ्जय मालुले ५ लाख, किसान कुमार अग्रवालले ५ लाख, विनय अग्रवाल ५ लाख, सञ्जय चान्दक १० लाख, माउन्ट जियोन स्कूल किडजी एक लाख, कैलास रोलर फ्लोवर २ लाख र बिक्की हार्डवेयर स्टोरले दुई लाख प्रदान गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ।

About Author

Advertisement