राज्यपालले गरे निर्माणाधीन कर्मचारीहरूको आवासको निरीक्षण

n5481906961697561180336e6deb63c7f34912c38bd00d4e7b68b2c7a732fb7583c9870b79fc4b0b05babc4.jpg

गान्तोक: ‘एक भवन एक परिवार’ अन्तर्गत सिक्किमका राज्यपाल लक्ष्मण प्रसाद आचार्यले आज कर्मचारीहरूको निर्माणाधीन आवासको निरीक्षण भ्रमण गरे। यसावधि राज्यपालले निर्माणाधीन आवासको कार्य प्रगति र अन्य जानकारीहरू लिए। उनले निर्माण स्थलमा उपस्थित अभियन्तासॅंग पनि कुराकानी गरे।

राज्यपालले भने, कर्म नै उपासना हो। सबैले आफ्नो काम इमानदारीपूर्वक गर्नुपर्छ। उनले निर्माण कार्य निर्धारित समयमा पूरा होस र गुणवत्तापूर्ण होस भन्ने इच्छा व्यक्त गर्दै स्वस्थ र सुन्दर घर सबैको अधिकार हो भनी बताए।

भ्रमण अवधि राज्यपालसॅंग राजभवनका सचिव दोर्जी भोटिया, एडीसी मेजर सन्दिप मिश्रा, उप कुल सचिव दिवास गौतम तथा अन्य कर्मचारीहरू उपस्थित थिए।

About Author

Advertisement