सिक्किममा पार्टी त्यागेर युवाहरू एसडीएफ-मा सामेल हुने क्रम जारी

SDF3-1024x582.jpg

गान्तोक: छिमेकी राज्य सिक्किममा ‘सिक्किम बचाऔँ’ अभियानलाई अङ्‌गीकार गर्दै राज्यका विभिन्न जिल्लाबाट युवाहरू सत्तारूढ एसकेएम पार्टी त्यागेर एसडीएफ पार्टीमा सामेल हुने क्रम जारी रहेको देखिन्छ। झिनो जनमत प्राप्त गरेर सत्तासीन बनेको एसकेएम सरकारलाई आफ्नो समर्थक र कार्यकर्ताहरूले परित्याग गर्ने क्रम दिन-प्रतिदिन बढिरहेको पार्टी सूत्रले जनाएको छ। यसैक्रममा, सिक्किमको विपक्षी पार्टी सिक्किम डेमोक्रेटिभ फ्रण्टको ‘सिक्किम बचाऔँ अभियान’ कार्यक्रम अन्तर्गत आज तुमिन लिङ्गी समष्टिस्थित ऐतिहासिक माखा बजारमा समष्टि स्तरीय सभा सम्पन्न भयो।यस अवसरमा आज पनि तुमिन लिङ्‌गी समष्टि अन्तर्गत सिङ्बेल, पेकथाङ, डिक्चु, राकदोङ, खेसे, काउ आदि ठाउँबाट एसकेएम समर्थक तथा धेरैजना युवा कार्यकर्ताहरू एसकेएम पार्टी त्यागेर एसडीएफ पार्टीमा सामेल भएका छन्। ती सामेल भएका सबै युवाहरूलाई आफ्नो पार्टी एसडीएफ-मा न्यानो स्वागत जनाउँदै सभाध्यक्ष केएन राई अनि विशिष्ट अतिथि डीबी थापाले खदा लगाइदिएर पार्टीको झण्डा प्रदान गरे।

About Author

Advertisement