सभासद मिलेस राईलाई पार्टी समर्थकहरूद्वारा बधाई

milesh.jpg

मिरिक: भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा मिरिक महकुमा अध्यक्ष तथा मिरिक थर्बु डुप्टिन समष्टिका सभासद मिलेस राईलाई पार्टीको केन्द्रीय समितिले मिरिक टाउन कमिटीको संयोजक पद प्रदान गरेपछि आज तिनलाई बधाई दिनको साथै स्वागत जनाए। मिरिक नगरपालिका वार्ड नम्बर तीन भागोप्रमो शाखाले युवा शक्ति मिरिक महकुमा अध्यक्ष उमेश तोलाङ्गीको नेतृत्वमा सभासद मिलेस राईलाई भेटेर खदा लगाइ दिएपछि बधाईं दिँदै मिरिक टाउन कमिटीको विस्तारमा आफुहरूले पनि सहयोग गर्ने वचन दिए। मिरिक वार्ड नम्बर तीनका पार्टी समर्थकहरूले सभासद मिलेस राईको नेतृत्वमा मिरिक टाउनमा पार्टी अझ बलियो हुने आशा साचेका छन्। अर्कोतिर, पार्टीले दिएको दायित्वलाई निष्ठापूर्वक पालन गरेर आपसी एकता र तालमेल कायम राखेर मिरिक टाउनमा पार्टीगत कार्यक्रम गर्नको साथै क्षेत्रमा विकासका कार्य गर्ने मिलेस राईले बताएका छन्।

About Author

Advertisement