साटा-को ब्ल्याक बेल्ट दान प्रमोशन प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न

IMG-20231003-WA0254.jpg

गान्तोक: सिक्किम एमेच्यूर ताइक्वाण्डो एसोसिएशन (साटा) ले आज यहाँको ह्वाइट हलस्थित एमसीएम डोजाङमा गत १ अक्टोबरको दिन ब्ल्याक बेल्ट दान प्रमोशन प्रमाणपत्र वितरण कार्यक्रम आयोजना गरेको थियो जसमा कूल १५ जनालाई प्रमाणपत्र प्रदान गरियो। प्रमोशन प्रमाणपत्र प्राप्त गर्ने खेलाड़ीहरू मध्ये एकजनाले चौथो दान, तीनजनाले दोस्रो दान र एगाह्रजनाले पहिलो दान प्राप्त गरेका छन्।

प्रमोशन प्रमाणपत्र प्राप्त गर्ने खेलाड़ीहरूमा विजय गिरुङ (चौथो दान, पेम्पा डोमा तामाङ, कुमार बरदेवा र अद्वेती सुब्बा (दोस्रो दान), सुदीप राई, सुनिल लिम्बू, पवन कुमार सुब्बा, सोनाम टार्बु लेप्चा, जिग्मी जाङ्गपो भोटिया, मनिषा कार्की, अविषेक प्रधान, चन्द्र हाङ लिम्बू, मन्दिरा छेत्री, सन्तोष सुब्बा र प्रकाश काफले (पहिलो दान) रहेका छन्।

उल्लेखनीय छ, ब्ल्याक बेल्ट प्रमोशन परीक्षा सिक्किम अमेच्यूर ताइक्वाण्डो एसोसिएशनका संस्थापक तथा प्रधान प्रशिक्षक मास्टर त्रिलोक सुब्बा (सातौं दान) को निगरानीमा भएको थियो। मास्टर सुब्बा र सह प्रधान प्रशिक्षक राजेन सुब्बाको बाहुलीबाट खेलाड़ीहरूलाई प्रमाणपत्र वितरण गरिको थियो।

About Author

Advertisement