गान्तोक: सिक्किम राज्यका पूर्व मुख्यमन्त्री नर बहादुर भण्डारीको ८३औं जन्म जयन्ती पालनलाई लिएर आज तयारी साथै समीक्षा सभा सोरेङ जिल्लाको जिल्ला प्रशासनिक केन्द्रमा सम्पन्न भयो।सोरेङ च्याखुङ निर्वाचन क्षेत्रका विधायक अदित्य गोलेको अध्यक्षतामा सम्पन्न भएको सभामा जिला अद्यक्ष तिला देवी गुरूङ, उपाध्यक्ष सीबी कामी, मुख्यमन्त्रीका प्रेस सल्लाहकार सीपी शर्मा लगायत अन्यहरूको पनि उपस्थिति रहेको थियो। आज सम्पन्न भएको सभामा भण्डारीको जन्म जयन्तीमा आयोजना गरिने विभिन्न प्रकारको गतिविधि जस्तै खेलकूद, संस्कृतिक कार्यक्रम, बस्ने व्यवस्थापन, स्वच्छता, यातायात, कानून व्यवस्था ट्राफिक प्रबन्धन लगायत अन्य विषयमा छलफल गरियो। यस अवसरमा सीपी शर्माले यस विषयलाई लिएर अगावै मुख्यमन्त्री प्रेम सिंह तामाङसँग बैठक गरिसकेको जानकारी गराउँदै उक्त कार्यक्रमलाई सफल तुल्याउनको निम्ति समितिका सदस्यहरूको भूमिका र जिम्मेवारी पनि अवगत गराए।