हेरोइनका साथ एक पक्राउ

00-1-Rajya-Samachar-9

गान्तोक: मल्ली पुलिस थाना क्षेत्र अन्तर्गत त्रिवेणी काली मन्दिर छेउबाट एक व्यक्तिलाई संदिग्ध हेरोइनको साथमा पक्राउ गरिएको छ। पक्रा पर्ने व्यक्तिको नाम गोपाल शर्मा हो र उनी जोरथाङ निवासी हुन्।

पुलिस रिपोर्ट अनुसार, मल्ली पुलिस कर्मीहरू मलबासे क्षेत्रमा वाहनहरूको जॉंच/पेट्रोलिङ गरेर फर्किरहेको समय त्रिवेणी काली मन्दिर छेउ गोपाल शर्मालाई एउटा वाहनमा शंकास्पद स्थितिमा पाएपछि कानून बमोजिम छानबिन गरियो। यसावधि पुलिसले पचासवटा सेतो प्लास्टिकको पाउच भेटायो जसमा संदिग्ध ५८.११ हेरोइन थियो।

पुलिसले आरोपित व्यक्ति विरूद्ध एनडीपीएस अधिनियम अन्तर्गत मामिला दर्ता गरेर कानूनी कारबाही शुरू गरेको छ।

About Author

Advertisement