सिलगढीका ट्याटु आर्टिस्ट शुभ मालाकारको ‘इन्डिया बुक अफ रेकर्डस २०२३’-मा नाम दर्ता

5e243d33-115a-4e84-baa8-83b18f45dff0-1024x576.jpg

सिलगढी: मात्र १६ वर्षको उमेरमा सिलगढीको २३ नम्बर वार्ड निवासी शुभ मालाकारले भारतको सबैभन्दा कम्ती उमेरको ट्याटु आर्टिस्टको रूपमा ‘इन्डिया बुक अफ रेकर्डस २०२३’-मा नाम दर्ता गरेका छन्। सानै उमेरदेखि तिनी चित्र अङ्कन गर्न खुनै मन पराउँथे। यसपछि तिनलाई शरीरमा ट्याटु बनाउनेप्रति रुचि बढ्दै गयो। ‘इन्डिया बुक अफ रेकर्डस २०२३-मा शुभ भारतकै सबैभन्दा कान्छो ट्याटु आर्टिस्टको रूपमा छनौट भएका छन्। गत बिहिबार मेडल, सर्टिफिकेट र किताब शुभको घर आइपुगेको छ। तिनको यस सफलतामा परिवारका सदस्यहरू निक्कै खुसी छन्। आज २३ नम्बर वार्ड कमिटीको तर्फबाट वार्ड पार्षद लक्ष्मी पालले शुभलाई सम्मानित गर्दै तिनको उज्ज्वल भविष्यको कामना पनि गरिन्।

About Author

Advertisement