कालचिनीः गत १२ अगस्तको दिन व्यापक झमेलाले गर्दा लोथाबारी ग्राम पञ्चायतको बोर्ड गठन स्थगित गरिएको थियो भने सोमबार पुनः यस ग्राम पञ्चायतको बोर्ड गठन प्रक्रियामा तृणमूलले २५ मध्ये १३ जना ग्राम पञ्चायत सदस्यहरूको समर्थनमा बोर्ड गठन गर्न सफल भएको छ। १२ जना भाजपाका पञ्चायत सदस्यहरू विपक्षमा बसेका छन्।
यता तृणमूलले लोथाबारी ग्राम पञ्चायतको प्रधान पदमा धीरेन बागवारलाई निर्वाचित गरेको छ भने उपप्रधानमा सोनाली दासलाई निर्वाचित गरिएको तृणमूल सुत्रले जनाएका छन्।