शिवा सुवेदीको डबल ह्याट्रिकले ३/९ जीआर क्वार्टर फाइनलमा

IMG-20230903-WA0017.jpg

२ सेप्टेम्बरः सेभेन स्टार स्पोर्टिंग क्लब, लंगभ्यूको तत्त्वावधानमा आयोजित ओपन नक्आउट फूटबल टुर्नामेण्टमा ३/९ जीआर (गोर्खा राइफल्स)-ले क्वार्टर फाइनलमा स्थान बनायो। लंगभ्यू बन्दाखेती खेल मैदानमा शनिवार भएको म्याचमा ३/९ जीआर-ले बागडुग्रा फूटबल क्लबलाई ८-०-ले पिट्यो। विजेता टीमका शिवा सुवेदीलाई प्लेयर अव् द म्याच चयन गरियो, जसले म्याचमा जम्मा ६ गोल गरे। टुर्नामेण्टमा जम्मा २८ वटा टीमले हिस्सा लिएको छ।

यस सेभेन ए साइड टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा १ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई ट्रफीको साथमा ५० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। आयोजक समितिको पक्षमा दीपराज तामाङले बताएअनुसार, टुर्नामेण्टको दुईवटा सेमिफाइनल १६ र १७ सेप्टेम्बरमा हुनेछ। फाइनल २४ सेप्टेम्बरमा खेलिनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement