गान्तोक: नाम्ची जिल्ला पुस्तकालयले नाम्ची, जिल्ला प्रशासनिक केन्द्रको सहकार्यमा आज जिल्ला पुस्तकालय हलमा ‘पुस्तक र वार्ता सत्र आयोजना गऱ्यो।
उक्त अवसरमा जिल्लापाल एम भरणी कुमार, र अन्य अधिकारीहरुको उपस्थिति रहेको थियो। यस सत्रको विषय विचारधारा साझा गर्नु रहेको थियो। कार्यक्रममा लेखक पंकज गिरी, कवि सिमोन सुकिता राई र शिक्षाविद् मेथेला राईको उपस्थिति रहेको थियो। यस कार्यक्रमको उद्देश्य युवा विद्यार्थीहरूमा स्वस्थ पढ्ने बानीको विकास गर्नुका साथै उनीहरूलाई यसका महत्त्वपूर्ण फाइदाहरूबारे जानकारी गराउने थियो। साथै, विद्यार्थीहरूलाई यी लेखकहरूले लेखेका पुस्तकहरूबारे संक्षिप्त जानकारी गरउनु थियो।










