ड्रीम्स कपका विजेताहरूलाई मुख्यमन्त्रीले दिए बधाई

IMG-20230902-WA0292.jpg

गान्तोक: गत २६-२७ अगस्तको दिन मथुरमा आयोजित ड्रिम्स कप, ओपन नेशनल ताइक्वाण्डो प्रतियोगितामा राज्यका खेलाडीहरूले उत्कृष्ट प्रदर्शन मुख्यमन्त्री प्रेम सिंह तामाङले हार्दिक बधाई दिएका छन्। उक्त प्रतियोगितामा राज्यबाट कूल २८ जनाले सहभागिता जनाएका थिए, जसमा ३७ वटा स्वर्ण पदक, १२ वटा रजत र ५ वटा काँस्य पदक सिक्किम राज्यका खेलाडीहरूले हासिल गरेका थिए। उक्त प्रतियोगिता विभिन्नवर्गको निम्ति आयोजना गरिएको थियो, जसमा सिक्किमबाट ८ वर्ष, १२ वर्ष, १४ र १७ वर्ष भन्दा कम उमेरका रहेका थिए। खेलाडीहरूको कडा परिश्रम, अनुशासन, र तालिमप्रतिको प्रतिबद्धताले साँच्चै मूल्य चुकाएको छ, र उनीहरूले आफूलाई मात्र होइन आफ्नो परिवार, विद्यालय र समुदायलाई पनि गौरावन्तित तुल्याएको मुख्यमन्त्रीले बताएका छन्। उनीहरूको सफलताले प्रेरणाको रूपमा काम गर्दछ र समर्पण र लगनशीलताले ठूलो उचाइ हासिल गर्न सक्छ भन्ने प्रमाणित गर्ने उत्कृष्ट खेलाडीहरूले उदाहरण प्रस्तुत गरेको उनको भनाइ रहेको छ। यस बाहेक मुख्यमन्त्रीले बालबालिकालाई गौरवको दिशामा डोऱ्याउनका लागि प्रशिक्षक सन्दीप शर्मा र सञ्जय सुब्बाको महत्वपूर्ण भूमिकाको पनि प्रशंसास गरेका छन्।

About Author

Advertisement