जिल्लापालले बोलाए अधिकृतहरुसंग बैठक

IMG-20230902-WA0294.jpg

गान्तोक: सोरेङ जिल्लास्तरीय जुनोटिक रोग समितिको बैठक आज जिल्ला प्रशासन केन्द्रमा जिल्लापाल भीम ठटालको अध्यक्षतामा बस्यो। जिल्लापालको अध्यक्षतामा गठित समितिमा सदस्यहरु अधिकारीहरु क्रमैले डा. विकास प्रधान, डा. किशोर थापा, डा. इडेन जाम्याङ भुटिया, डा. लीजुम फोनिङ लेप्चाको उपस्थिति रहेको थियो। सम्बोधन गर्दै,जिल्लापाल ठटालले सूचना, शिक्षा र सञ्चारमा जोड दिए। उनले जनचेतना फैलाउनका साथै रोगहरूबारे जानकारी गराउन महत्त्वपूर्ण भएकाले जनचेतनाको लागि सम्बन्धित अधिकारीहरुलाई निर्देशन दिए। साथै उनले विद्यालय परिसरभित्रको कुनालाई प्राथमिकता दिन सरोकारवालालाई आग्रह गर्दै बालबालिकाको स्वास्थ्य अवस्था पत्ता लगाउन अनिवार्य रूपमा बाल स्वास्थ्य कार्ड जारी गर्न दोहोर्‍याए। उनले जिल्लाका हटस्पट क्षेत्रमा डेंगु र औलो सम्बन्धी सचेतना कार्यक्रम आयोजना गर्न निर्देशन दिए।

बैठकमा डा. लीजुमले पावर प्वाइन्ट प्रेजेन्टेशनमार्फत पनि विस्तृत जानकारी गराएष उनले जिल्ला कमिटीको बारेमा पनि जानकारी गराए।

About Author

Advertisement