गान्तोक: राजधानीस्थित मनन केन्द्रमा आयोजित एक कार्यक्रमबीच मुख्यमन्त्रीकी धर्मपत्नी कृष्ण राईले आज मुख्यमन्त्रीको विभिन्न कोषबाट ६४० जनालाई सहयोग राशी हस्तान्तरण गरिन्। आज सहयोग प्राप्त गर्नेहरूमा विद्यार्थी, संघ संस्थाका प्रतिनिधि, स्वयं सेवक संघ अनि रोगीहरू सामेल रहेका छन्। सिक्किम क्रान्तिकारी मोर्चा पार्टीको सरकार गठनभएदेखि नै सरकारले मुख्यमन्त्री कोषबाट विभिन्न व्यक्ति विशेष, संघ संस्था, धार्मिक संस्थान, स्वयं सेवक समूह, विद्यार्थी अनि रोगीहरूलाई सहयोग दिने क्रम निरन्तर भइरहेको छ। मुख्यमन्त्री प्रेमसिंह तामाङको जनता भेट कार्यक्रम अवधि जनताले मुख्यमन्त्री समक्ष राखेको विभिन्न मागहरूलाई सम्बोधन गर्दै तिनीहरूको लहयोग प्रदान गर्नको निम्ति आज यो कार्यक्रम सम्पन्न गरिएको हो। कार्यक्रमपछि पत्रकारहरूसँग कुराकानी गर्दै उनले वर्तमान मुख्यमन्त्री प्रेमसिंह तामाङले जात- धर्म अनि पार्टी नछुट्याइ खाँचोमा परेकाहरूलाई सहयोग पुऱ्याउने कार्य गरिरहेको उनले बताइन्। मुख्यमन्त्री जनताको प्रमुख सेवक भएर सेवा पुऱ्याइरहेको पनि थप जानकारी गराएकी छन्। पालै पालो सिक्किमका सबै जनतालाई मुख्यमन्त्री तामाङले अवश्य पनि सक्षम बनाउनको निम्ति सहयोग दिइने प्रतिबद्धता व्यक्त गरिन्।