मतिगढ़ा घटनाको विरोधमा घैयाबारीमा विरोध रैली र श्रध्दाञ्जली सभा

IMG-20230824-WA0245.jpg

खरसाङ: मतिगढ़ा घटनालाई लिएर खरसाङको घैयाबारीमा पनि विरोध रैली साथै श्रध्दाञ्जली सभा सम्पन्न भएको छ। घैयाबारी क्षेत्रका सबै समाजकाहरू एकसाथ निस्केर उक्त घटनाको विरोध गर्दै रैली निकालेका छन्। उक्त रैली घैयाबारीको अस्पताल मोड़देखि शुरु भएर एनएच ५५ हुँदै माने डाँड़ाको झुम डाँड़ासम्म गरिएको थियो भने फर्केर आएर घैयाबारीको रेलवे स्टेशनमा आएर श्रध्दाञ्जली सभामा परिणत भएको थियो। उक्त श्रध्दाञ्जली सभामा गोर्खे छोरीको हत्यापछि भएको मृत्युमा क्याण्डल बारेर श्रध्दाञ्जली अर्पण गरिएको छ भने आत्मा शान्तिको लागि मौन धारण पनि गरिएको छ।

उक्त श्रध्दाञ्जली सभालाई महेश छेत्रीले सञ्चालन गरेका थिए भने शिक्ष दिनेश प्रधान र लक्की गुरूमाले सम्बोधन राखेका थिए। यस अवसरमा सबैले गोर्खे चेलीको आत्मा शान्तिको लागि प्रार्थना गरेका थिए भने गोर्खा चेलीले न्याय पाउनु पर्ने र हत्या आरोपीले कड़ा सजाय पाउनु पर्ने मांग पनि गरेका छन्।

About Author

Advertisement