स्वप्नदीपलाई अस्पताल पुऱ्याउने ट्याक्सी चालकले आपबीती सुनायो

IMG-20230410-WA0169-11-300x172-12

कोलकाताः जादवपुर विश्वविद्यालयमा प्रथम वर्षको छात्र स्वप्नदीप कुन्डूको मृत्यु मामिलामा लगातार नयाँ खुलासा भइरहेछ। अब उक्त ट्याक्सी चालक पनि अघि आएको छ, जसले १० अगस्तमा होस्टलको छप्परबाट झरेपछि रगतमा लतपत स्थितिमा स्वप्नदीपलाई छेवैको केपीसी अस्पतालमा पुऱ्याएको थियो। उसको ट्याक्सीको नम्बर डब्लु ०४ एफ १२५३ छ। चालक मूल रूपमा इन्टालीको बासिन्दा हो। शुक्रवार उसको ट्याक्सीको फोरेन्सिक जाँच भएको छ।

यसअघि बिहिवार चालकसित जादवपुर थानामा सोधपुछ भइसकेको छ। आज उसले मीडियाकर्मीहरूलाई बतायो, राति लगभग १२.३० बजी चालक जादवपुर होस्टस नजिक खड़ा थियो। तब धेरै जना आएर उसलाई लिएर गए। त्यहाँबाट रगतमा लतपत स्थितिमा उक्त छात्रलाई ट्याक्सीमा हालियो। उसको शरीरको अंगहरूबाट रगत बगिरहेको थियो। टाउकोमा लुगा बेरिएको थियो। उक्त छात्र धेरै कम लुगामा थियो। चालकले छात्रलाई अस्पताल पुऱ्यायो र त्यहाँबाट अर्को यात्री भेटेपछि त्यहाँबाट फर्क्यो।

एक पुलिस अधिकारी अनुसार, अहिलेसम्म जादवपुर विश्वविद्यालयको होस्टलमा बस्ने छात्र र अधिकारीहरूसित सोधपुछ भएको थियो र सबैको बयान लगभग एक जस्तै छ। जसबाट घटनापछि के बोल्नुछ, यसलाई लिएर योजना बनाइएको आशंका छ। तर अब ट्याक्सी चालकको बयान धेरै महत्वपूर्ण छ। उसको बयान रेकर्ड गरिएको छ र आवश्यकता परे पुनः सोधपुछ हुनेछ।

-हिस

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement