आठ वर्षकी बालिकासित दुष्कर्म, आरोपित पक्राउ

IMG-20230528-WA0320-5-300x172-13

सिलगढ़ीः सिलगढ़ी महकुमाको खोरीबाड़ी थाना पुलिसले आठ वर्षीय बालिकासित दुष्कर्मको आरोपमा एक युवकलाई पक्राउ गरेको छ। आरोपितको नाम जिब्रानस कुजूर (२०) बताइएको छ। उसलाई हिजो राति खोरीबाड़ीको बुरागंज क्षेत्रबाट पक्राउ गरिएको छ।

सूत्रहरू अनुसार, तेस्रो कक्षामा पढ्ने बालिकालाई घरमा एक्लो पाएर आरोपित युवकले उसको साथ दुष्कर्म गऱ्यो। बालिकाले आफ्नी बोज्यूलाई पूरा घटना बताइन्। बिहिवार राति परिजनहरूले आरोपित जिब्रानुस विरूद्ध खोरीबारी थानामा शिकायत दर्ता गराए। शिकायतको आधारमा पुलिसले अबेर राति आरोपितलाई समायो। आरोपित विरूद्ध पोक्सो एक्ट अन्तर्गत मामिला दर्ता गरी पुलिस अघिको कारबाहीमा जुटेको छ।

About Author

Advertisement