नाबालिगसित दुष्कर्मको आरोपमा छिमेकी पक्राउ

IMG-20230528-WA0320-5-300x172-13

सिलगढ़ीः महिला थाना पुलिसले नाबालिगसित दुष्कर्मको आरोपमा उसको छिमेकीलाई पक्राउ गरेको छ। आरोपितको नाम परेश राय (४८) दक्षिण पलाश क्षेत्र निवासी बताइएको छ।

प्राप्त जानकारी अनुसार, केही दिनअघि छिमेकी परेश रायले नाबालिगसित बलपूर्वक दुष्कर्म गरेको थियो। नाबालिगले यसबारे आफ्नी आमालाई सबै बताइन्। जसपछि नाबालिगका परिजनहरूले प्रधान नगर थानामा बिहिवार लिखित शिकायत दर्ता गराए। जसको आधारमा प्रधान नगर र महिला थाना पुलिसले आऱोपितलाई हिजो राति पक्राउ गऱ्यो। पुलिसले आरोपित विरूद्ध पोक्सो एक्ट अन्तर्गत मामिला दर्ता गरी अघिको कारबाही गरिरहेछ।

About Author

Advertisement