गान्तोक: पाकिम जिल्ला अन्तर्गत सिङताम नजिक बर्दाङमा बस अनि ट्याक्सी वाहन आपसमा ठोक्किँदा ट्याक्सीमा सवार यात्रीहरू गम्भीररूपमा घाइते भएका छन्। कालेबुङबाट गान्तोक आइरहेको संगम बस अनि गान्तोकबाट सिलगढीतिर गइरहेको यात्रीवाहक वाहन आपसमा ठोक्किपछि ट्याक्सी वाहनमा सवार यात्रीहरू घाइते भएको जानकारी पाइएको छ। घाइतेहरूलाई सिङतामअस्पतलामा प्राथमिक उपचारको निम्ति लगिएको छ। समाचार लेखुञ्जेलसम्म उक्त घटनामा परि कसैको पनि ज्यान नगएको थाह लागेको छ।










