राज्यस्तरीय तीज पर्वलाई लिएर समन्वय बैठक सम्पन्न

IMG-20230818-WA0000.jpg

गान्तोकः राज्यका मुख्यमन्त्री प्रेमसिंह तामाङद्वारा केही दिन अघि हिन्दू धर्मावलम्बी नारीहरूद्वारा पालन गरिने तीज पर्वलाई यस वर्ष राज्यस्तरीयरूपमा रूपमा पालन गरिने घोषणा गरेका थिए। यसै विषयलाई लिएर कार्यक्रम तयारीबारे चर्चा गर्न हिजो सिक्किम विधानसभा अध्यक्ष अरुण उप्रेतीको उपस्थितिमा विशेष बैठक सम्पन्न भयो।

सभामा गान्तोक नगर निगमका उप मेयर छिरिङ पाल्देन भोटिया, पाक्योङ जिल्ला अध्यक्ष लाडेन लामा उपाध्यक्ष प्रभा प्रधान, सिक्किम सरकारका अध्यक्षहरू भिम कुमारी शर्मा लगायत अन्यहरूको पनि उपस्थिति रहेको थियो। उक्त बैठकमा विशेष गरेर आगामी दिनमा पालन गरिने तिज पर्वबारे छलफल गरिएको जानकारी गराइएको छ।

जानकारी गराइन्छ, तीज हिन्दू नारीहरूले मनाउने महत्वपूर्ण चाड़ हो। यद्यपि, यो पर्व अन्य धर्म र जातिका नारीहरूले पनि मनाउने गरेका छन्। वर्तमान सरकारले यस पर्वलाई राज्य स्तरीय रूपमा पालन गर्न शुरु गरेको छ भने यस वर्ष पनि भव्यरूपमा कार्यक्रम आयोजन गरिने मुख्यमन्त्रीले घोषणा गरिसकेका छन्। राज्य सरकारले उक्त दिनलाई सरकारी विदाकोरूपमा समेत घोषणा गरिसकेको छ।

About Author

Advertisement