१७ अगस्तः डायमण्ड क्लब, गोरुबथानको तत्त्वावधानमा आयोजित नगद राशि इण्डिपेण्डेन्स कप नक्आउट फूटबल टुर्नामेण्टमा कुवापानी फूटबल क्लब च्याम्पियन भयो। मालबस्ती खेल मैदानमा बुधवार भएको फाइनल म्याचमा कुवापानी एफसी-ले एसटी ब्रदर्स, रांगामाटीलाई ३-१-ले पराजित गऱ्यो। विजेता टीमबाट प्रवीण सुब्बाले २ अनि अभिषेक गुरुङले १ गोल गरे।

यसरी एसटी ब्रदर्सबाट जेभियर उरावँले १ गोल गरे। टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा ५० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरियो। यसरी रनरअप् हुने टीमलाई आकर्षक ट्रफीको साथमा ३० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरियो भनी आयोजक डायमण्ड क्लबको पक्षमा प्रतीथ परियारले बताएका छन्।

संक्षिप्तमाः
च्याम्पियनः कुवापानी फूटबल क्लब
रनरअप्ः एसटी ब्रदर्स, रांगामाटी
प्लेयर अव् द म्याचः प्रवीण सुब्बा (कुवापानी एफसी)
हाईएस्ट स्कोररः जेभियर उरावँ (एसटी ब्रदर्स)
फेयर प्ले ट्रफीः एसटी ब्रदर्स










