वर्ल्ड कपको निम्ति ईंग्ल्याण्डद्वारा १५ सदस्यीय टीमको घोषणा

IMG-20230817-WA0191.jpg

१७ अगस्तः ईंग्ल्याण्ड अनि वेल्स क्रिकेट बोर्ड (ईसीबी)-ले आईसीसी पुरुष वनडे वर्ल्ड कपको निम्ति आफ्नो १५ खेलाड़ीहरूका सम्भावित टीमको घोषणा गऱ्यो। दिग्गज अलराउण्डर बेन स्टोक्स टीममा फर्किएका छन् जबकि दुईजना स्टार खेलाड़ीले चाहिँ टीममा स्थान बनाउन सकेनन्। यसमा ब्याटर हेरी ब्रूक र पेस बलर जोफ्रा आर्चर सामेल छन्। स्टोक्सले वनडे क्रिकेटबाट सन्न्यासको फसेला फिर्ता लिँदै आउँदो महिना न्यूजील्याण्ड विरुद्ध ४ वटा म्याचको वनडे सीरीजमा हिस्सा लिनेछन्। ईंग्ल्याण्डका चयनकर्ता ल्यूक राइटले न्यूजील्याण्ड विरुद्ध वनडे सीरीजमा वर्ल्ड कपको निम्ति सम्भावित १५ सदस्यीय टीमले नै हिस्सा लिन सक्ने सम्भावना व्यक्त गरेका छन्। यस सूचीमा ब्रूक छैनन् जबकि आर्चरले केवल रिजर्व खेलाड़ीको रूपमा टीमसँग यात्रा गर्ने सम्भावना छ।
आईसीसीद्वारा जारी बयानमा राइटले भनेका छन्, यो त्यही टीम हो, जसलाई हामी अघि बढ़ाउन चाहन्छौं। केही प्रमुख खेलाड़ीहरूलाई यस टीममा राख्न नसक्नु कठिन फसेला रह्यो। यसले ईंग्लिश क्रिकेटमा हाम्रो ताकत र गहिराईलाई दर्शाउँछ। टीममा मौका पाउने प्रतीक्षा गर्नेहरूका सूची लामो छ। टीममा सन्तुलनको निम्ति केवल १५ नाम रहेको छ। बेन स्टोक्सको पुनरागमन उनको म्याच जिताउने अनि नेतृत्व क्षमताले गर्दा भएको छ। यस टीमलाई मैदानमा प्रदर्शन गरिरहेको आनन्द हरेक प्रशंसकले लिने मलाई विश्वास छ। उल्लेखनीय छ, वर्ल्ड कपमा हिस्सा लिने हरेक देशले ५ सेप्टेम्बरसम्म आईसीसीलाई आफ्नो अस्थायी टीमको सूची पठाउन सक्छ। यस सम्भावित टीममा २८ सेप्टेम्बरसम्म फेरबदल गर्न सकिनेछ। भारतमा यस साल अक्टोबर-नोभेम्बर महिना हुने वर्ल्ड कपमा ईंग्ल्याण्डले ५ अक्टोबरमा न्यूजील्याण्ड विरुद्ध अभियान शुरु गर्नेछ।
वर्ल्ड कपको निम्ति ईंग्ल्याण्डको अस्थायी टीमः
जोस बटलर (कप्तान), मोइन अली, गस एटकिन्सन, जनी बेयरस्टो, सेम कुरेन, लियम लिविंगस्टोन, डाविड मलान, आदिल रशिद, जो रुट, जेसन रोय, बेन स्टोक्स, रीस टप्ले, डेविड विली, मार्क वुड र क्रिस वोक्स।

About Author

Advertisement