कुङ्गा निमा लेप्चा बने स्वास्थ्य विभागका मन्त्री, सरकारले गऱ्यो केही विभागमा फेरबदल

Screenshot_20230806_000304_Facebook.jpg

गान्तोकः सिक्किम सरकारले स्वास्थ्य विभागमा मन्त्रीपदको जिम्मेवारी वरिष्ठ मन्त्री कुङ्गा निमा लेप्चालाई सुम्पेको छ। पछिल्लो २ फरवरीका दिन तत्कालिन स्वास्थ्य विभागका मन्त्री डाक्टर एमके शर्माले राजीनामा दिएपछि स्वास्थ्य विभागमा मन्त्रीपद रिक्त रहेको थियो। शनिवार राज्यको गृह विभागले जारी गरेको अधिसूचना अनुसार, राज्य सरकारले कुङ्गा निमा लेप्चालाई शिक्षा, कानून तथा संसदीय मामिला विभाग र भू-राजस्व एवं आपदा प्रवन्धन विभागसहित स्वास्थ्य तथा परिवार कल्याण विभागमा मन्त्रीको जिम्मेवारी दिएको छ। मन्त्री कुङ्गा निमा लेप्चासंग रहेको खेल तथा युवा मामिला विभागको जिम्मेवारी सरकारले सडक एवं पूल विभागका मन्त्री सामडुप लेप्चालाई सुम्पेको छ।

यसैगरी, मन्त्री लेप्चासंग रहेको संस्कृति एवं धरोहर मामिला विभाग नव नियुक्त मन्त्री विष्णु प्रसाद खतिवड़ाको जिम्मेवारीमा परेको छ। यस बाहेक प्रिन्टिङ तथा स्टेशनरी विभाग पनि सरकारले विष्णु कुमार खतिवडालाई दिएको छ। स्वास्थ्य विभागको मन्त्रीपदबाट राजनीनामा दिॅंदा डाक्टर एमके शर्मासंग रहेको सूचना तथा प्रौद्योगिकी विभाग पर्यटन मन्त्री बीएस पन्तको जिम्मेवारीमा परेको छ। सिक्किम सरकारले नयाँ मन्त्रीको नियुक्ति गर्नसंगै केही विभागको जिम्मेवारीमा फेरबदल गरेको छ।

About Author

Advertisement