प्रधान अध्यापिका मनिका ठटाल कार्कीडोलीको निधन

IMG-20230805-WA0257.jpg

खरसाङ: तीनधारे महानदी समष्टी अन्तर्गत चुनभट्टी प्राथमिक पाछशालाकी प्रधान अध्यापिका एंव भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको केन्द्रीय सदस्य सुजितकुमार कार्कीडोलीकी पत्नी मनिका ठटाल कार्कीडोलीको निधन भएको छ। उनको निधन गत ३० जुलाई दिन ५३ वर्षको उमेरमा भएको छ। उनको निधन ह्रदयघातको कारणले अचानक भएको उनको पति सुजितकुमार कार्कीडोलीले बताएका छन्। मनिका ठटाल कार्कीडोली वर्तमानमा चुनभट्टी प्राथमिक पाठशालाको प्रधान अध्यापिका थिइन्। मनिका ठटाल कार्कीडोली घैयाबारी ग्राम पञ्चायतको पूर्व पञ्चायत सदस्या पनि थिइन् भने गोजमुमोको पालोमा नारी मोर्चामा सक्रिय रूपमा राजनीतिमा पनि थिइन्। उनले आफुपछि पति सुजितकुमार कार्कीडोली, एकजना छोरी र दुई छोराहरूलाई छोडी गएका छन्। मनिका ठटाल कार्कीडोलीको अन्त्येष्ठी कार्य आगामी ८ अगस्त मंगलबारको दिन चुनभट्टीमा हुने पारिवारिक सूत्रबाट थाहा लागेको छ।

About Author

Advertisement