नयाँ दिल्लीः दिल्लीदेखि राँची गइरहेको इण्डिगो एयरलाइनको फ्लाइटलाई दिल्लीमै इमरजेन्सी ल्याडिङ्ग गराउनुपऱ्यो। फ्लाइट संख्या ६ ई २१७२- मा तकनिकी खराबी आएको कारणले इमरजेन्सी ल्याण्डिङ्ग गराउने फसेला लिइएको थियो। सबै यात्रीहरू सुरक्षित छन्।
सूत्रले शनिवार बताए अनुसार दिल्लीदेखि राँची गइरहेको इण्डिगोको फ्लाइट (६ई २१७२)- लाई इञ्जनमा खराबी आएकोले इमरजेन्सी ल्याण्डिङ्ग गराइयो। दिल्लीदेखि राँचीको लागि फ्लाइट बिहान ७:२० बजे उड़ेको थियो, तर उड़ेपछि फ्लाइटभित्र तीव्र कम्पन महसुस हुनथालेपछि पायलटले विमानमा तकनिकी खराबी आएको जानकारी दिए। त्यसपछि यसलाई पुनः दिल्लीमै फर्किने निर्देश दिइयो।
इण्डिगो एयरलाइनको यस विमानमा सवार सबै १८० जना यात्रीहरू सुरक्षित छन्। सबै यात्रीहरूलाई ल्याउनको लागि अर्को विमानको व्यवस्था गरिएको छ। हाल फ्लाइटमा कसरी समस्या उत्पन्न भयो त्यसबारे जाँच भइरहेको छ। स्मरण गराइन्छ, इण्डिगो एयरलाइनको फ्लाइटको इमरजेन्सी ल्याण्डिङ्ग गराइएको लगातार यो दोस्रो मामिला हो। एक दिनअघि पनि पटनादेखि दिल्ली तर्फ आइरहेको फ्लाइटलाई इमरजेन्सी ल्याण्डिङ्ग गराइएको थियो।
-हिस










