नयाँ दिल्लीः लोकसभामा कंग्रेसका नेता अधीर रञ्जन चौधरीले भने, राहुल गान्धीको संसद सदस्यता जुन तीव्र गतिमा रद्द गरिएको थियो त्यै गतिमा बहाल पनि गरिनुपर्छ। चौधरीले शनिवार पत्रकारहरूसितको बातचितमा भने, यस सम्बन्धमा उनले लोकसभा अध्यक्ष ओम बिरलासित कुराकानी गरेर स्थितिबारे अवगत गराएका छन्। उनको पक्षबाट सम्बन्धित कागज-पत्र लोकसभा कार्यालयलाई पठाइसकिएको छ। उनले लोकसभा अध्यक्षसित अनुरोध गर्दै भने, अध्यक्षले यो सुनिश्चित गरून् कि राहुल गान्धी चाँड़ै लोकसभा पुगोस्।
उल्लेख्य, मोदी सरनेम मानहानि मामिलामा सुप्रीम कोर्टले राहुल गान्धीको सजायमाथि रोक लगाइदिएको छ। जस्टिस बीआर गवईको अध्यक्षतामा रहेको बेञ्चले भनेको छ, सुरतको तल्लो अदालतले अधिकतम सजाय दिएर गल्ती गरेको छ। सुप्रीम कोर्टको यस आदेशको अर्थ यो हुन्छ कि राहुल गान्धीको संसदको सदस्यता पुनर्बहाल हुनेछ। सुप्रीम कोर्टले भनेको छ, यस मामिलामा अधिकतम सजाय (दुई वर्ष) भएको कारणले राहुल गान्धीको सदस्यता रद्द भयो, तर तल्लो अदालतका जजले फसेलामा यो स्पष्ट गरेका छैनन् कि अधिकतम सजाय तय गर्नुको कारण के हो?
-हिस











