वाराणसीमा ज्ञानवापीमा दोस्रो दिन एएसआईको सर्वे शुरू

nat-2

वाराणसीः भारतीय पुरातत्व सर्वेक्षण (एएसआई) ले ज्ञानवापी परिसरको दोस्रो दिनको वैज्ञानिक सर्वे शनिवार बिहान शुरू गरेको छ। एएसआई टीम बिहान लगभग आठ बजी यहॉं आइपुगे। सर्वेलाई लिएर कड़ा सुरक्षा व्यवस्था गरिएको छ। पहिलो दिनको सर्वेमा सात घण्टाभन्दा धेरै समयसम्म परिसरको आकृति तयार गर्नुका साथै माप-जोख गरियो।

शनिवार बिहान ज्ञानवापी परिसरको वैज्ञानिक सर्वेक्षण शुरू हुनुभन्दा पहिला हिन्दू पक्षका वकील सुधीर त्रिपाठीले पत्रकारहरूलाई भने, यो सर्वेको दोस्रो दिन हो। हामीलाई आशा छ कि मानिसहरूले सर्वेमा सहयोग गर्नेछन्। हामी यो मामिलाको समाधान हो भन्ने चाहन्छौ। चॉंड़ै सर्वेक्षणपछि स्पष्ट हुनेछ।

यसबिच सर्वेको दोस्रो दिन मुस्लिम पक्षका वकील एजाज मकबूल पनि ज्ञानवापी परिसरमा उपस्थित थिए। पहिलो दिनको सर्वेमा एएसआईसॅंग हिन्दू पक्षका वकील उपस्थित थिए, तर मुस्लिम पक्षका वकील उपस्थित थिएनन्।

-हिस

About Author

Advertisement