शिलङः मेघालयको सोनापुरमा अबेर राति झरेको पैह्रोले सिलचर-बदरपुर मार्ग (छह नम्बर लिंक रोड) अवरुद्ध भएको छ। यस कारण मिजोरम, मणिपुर र त्रिपुराको सड़क सम्पर्क टुटेको छ।
मेघालयमा हाल भारी वर्षा भइरहेको छ। यसावधि सोनापुरमा छ नम्बर लिंक रोडमा पैह्रो झरेको छ। यस कारण सिलचर-बदरपुरका साथै मिजोरम, मणिपुर, त्रिपुरा आदि स्थानहरूमा जाने वाहनहरूको बाटोमा लाम लागेका छन्। विस्तृत विवरणको प्रतीक्षा छ।
-हिस









