दार्जीलिङ: पहाडमा चुनाव होइन टेण्डर गराए उचित हुन्छ होला भन्ने मनतव्य हाम्रो पार्टी अध्यक्ष अजय एडवर्डसले पोखेका छन। पहाडमा शिक्षित विधार्थीहरूको कमी छैन तर उनीहरूले सही मार्ग पाउन सकेको छैन भन्ने हेतुले एडवर्डस फाउन्डेसनले यूपीएससी आदि जस्ता उच्च परिक्षाहरूको निम्ति विधार्थीहरूलाई तालिम दिने आदि जस्ता कार्यहरू गर्दै आई रहेका छन। गत वर्ष एडवर्डस फाउन्डेसनको सहयोगमा एक जना विद्यार्थीले बैंकको उच्च परिक्षा उतिर्ण हुन सफल भएका थिए। पूर्व घोषणा अनुरुप आज एडवर्डस फाउन्डेसनले यहाँ एक स्कूल भवनमा यूपीएससी तालिमको निम्ति छनौट कार्यक्रमको आयोजना गरिएको थियो।आयोजित कार्यक्रममा अजय एडवर्डसले बिमारी पितालाई सिलिगुडीमा छोडेर यहाँ अंश ग्रहण गर्न आएका थिए।अजय एडवर्डसले अघि भने मेरो पिता बिमारी छन, उनलाई अहिले मेरो उपस्थिति जरूरी छ, मेरो पिताले मलाई देख्दा मात्र पनि उनले हौसला र उत्साह पाउने गर्छन, त्यस्तै आजको यो छनौट परिक्षामा पनि विधार्थीहरूलाई मेरो उपस्थिति अति नै जरुरी रहेको बुझेर केवल एक दुई घण्टाको निम्ति म यहाँ आएको हो तिनले भने।तिनले अघि भने हामी गोर्खाको जस्तै मांग भएका अन्य धेरै समुदायको नेतृत्वहरूसंग केन्द्रीय गृहमंत्रीले बातचित गरेको मैले समाचार पत्रहरूमा पढे तर हाम्रो समस्याहरू बारे दिल्लीको सरकारलाई कुनै वास्ता नभएको मैले आभास गरेको छु केन्द्र सरकारको यस्तो कोल्टे नीति देख्दा मैले हामीमाथि सानी आमाको ब्यवहार भएको अनुभव गर्दैछु अध्यक्ष एडवर्डसले भने।तिनले अघि भने हामी दिन प्रति दिन पछौटे बन्दै जान्दैछौ हाम्रो नेतृत्वहरूले आफ्नो निजी स्वार्थ होइन, कसैको कठपूतली होइन आफ्नो खुट्टामा उभिने समय आएको छ भन्ने अध्यक्ष एडवर्डसले बताए।पहाडको राजनीतिलाई मैले तल सिलिगुडी बसेर नै हेर्दैछु गत केही दिन अघि मात्र सम्पन्न भएको पंचायत चूनावमा निर्वाचित भएका ग्राम पंचायत सदस्य, पंचायत समिति सदस्यहरूलाई किन्ने कार्यहरू भई रहेको छ, पहाडको यस्तो अवस्था देख्दा चुनाव होइन टेण्डर गराएको उचित हुने थियो होला भन्ने अध्यक्ष एडवर्डसले बताए। पंचायत चुणावमा हामीले भनेका थियौ, यो चुनाव कुनै राजनैतिक दलले होइन गाउँले जित्न पर्छ, गाउँलेहरूले निर्दलीय उम्मेद्वारहरू खडा गरयो अनि ती निर्दलीय उम्मेद्वारहरू निर्वाचित पनि भए तर उनीहरूलाई किन्ने कार्यहरू भई रहेको छ।हाम्रो पार्टी अध्यक्ष अजय एडवर्डसले कुनै राजनैतिक दलको नाम नलिइकन अघि भने उनीहरूले निर्वाचित सदस्यहरूलाई किनेर पहाडको विकास कार्यमा आएको राशीहरूमा उनीहरूले भ्रष्टचार घोटाला गर्न सक्छ भन्ने तिनले बताए। पहाडमा चालीस सालसम्म विपक्षी थिएन हामीले संघर्ष गरेर पहाडमा गणतन्त्र ल्याएका छौ। आज उनीहरू बहुमतमा छन र पनि उनीहरूले हाम्रो सभासद र नगरपार्षदहरूलाई किन्ने प्रयास गरी रहेको छ, यसको मुख्यकारण उनीहरूले हरेक विषयमा आफु खुशी गर्न पाउँ भन्ने हेतुले यस्तो कार्य गरेको हो अध्यक्ष एडवर्डसले बताए।