अलिपुरद्वार: मणिपुरमा भएको घटनाको विरोधमा आइतबार दिउँसो काल्चिनी ब्लकको हसिमारा क्षेत्रमा शान्ति जुलुस निकालिएको थियो। आइतवार साँझ ५ बजे हसिमारा क्षेत्रमा रहेको काल्चिनी युनाइटेड चर्चले शान्ति जुलुस निकालेको थियो। यस दिनको जुलुसमा करिब साढे दुई हजार मानिसको उपस्थिति रहेको थियो।










