मोबाइल सत्संग सेवा सम्पन्न

SAT-1024x461.jpg

मङ्पू: मानव उथान सेवा समिति मङपू तहसिलको आयोजनामा आज आइतबारको दिन मोबाइल सत्संग सेवा मङपू नालीडाँडाबाट शुरू गरियो। मानिसहरूलाई प्रेम सद्भावना तथा ज्ञानको प्रचार प्रसार गरेर मनलाई शान्ति राख्ने उद्देश्य लिएर यस प्रकारको मोबाइल सत्संगको आयोजना गरिएको शरद रावतले जानकारी दिएका छन्। साप्ताहिक सत्संग स्थानीय दीपक टोल मन्दिरमा प्रत्येक आइतबार सम्पन्न हुने गरे तापनि आज स्थानीय मानिसहरूलाई धर्मप्रति जागरुक गराउन तथा प्रेम र सद्भावनाको सन्देश दिने उद्देश्यले मोबाईल सत्संगको आयोजना गरिएको हो यस अवसरमा आलोक नन्दा बाईजीले भक्तजनहरूलाई मिठो धार्मिक प्रवचन सुनाए। आज मङपू नालीडाँडादेखि लाब्दा गन्तीडाँडा, सिटोङ घलेटार, बागौडा. शेल्पु अनि लन्कु मन्दिरमा पनि मोबाइल सत्संगको आयोजना गरिएको संस्थाका प्रतिनिधि अजित राईले जानकारी दिएका छन्।

About Author

Advertisement