सोरेङः सोरेङ जिल्लास्तरीय नार्को समन्वय समितिको सभा सोरेङ जिल्लाका जिल्ला जिल्लापाल भीम ठटालको अध्यक्षतामा सम्पन्न भयो। यस अवसरमा सोरेङ जिल्लाका पुलिस अधीक्षक नकूल प्रधान, महकुमा अधिकारी सनी खरेल लगायत अन्य अधिकारीहरूको पनि उपस्थिति रहेको थियो। सभालाई सम्बोधन गर्दै जिल्लापाल ठटालले बैठकमा डीसी सोरेङले सोरेङ जिल्लामा सञ्चालित केमिस्टको लाइसेन्स विवरण संकलन गर्न स्वास्थ्य विभाग र पुलिस विभागलाई निर्देश दिए। सम्बन्धित निकायका अधिकारीहरूले राज्य सरकारको नियम अनुसार सेड्युल एच र सेड्युल एक्स ड्रग्सको बारेमा बुझेर कार्यालयमा प्रतिवेदन बुझाउन जिम्मेवारी दिएका छन्। सोरेङ जिल्लास्तरमा मासिकरूपमा एनसीओआरडी बैठक आयोजना गरिनुपर्ने उनले थप निर्देश दिएका छन्।
पुलिस विभागसँगको समन्वयमा कृषि विभागलाई गाँजा खेती भएको क्षेत्र पत्ता लगाउन र आवश्यक परेको खण्डमा यसलाई उखेलेर कारबाही गर्न निर्देशनसहित जिल्लापाल कार्यालयमा प्रतिवेदन बुझाउन निर्देशन दिए। शिक्षा विभागसँगको समन्वयमा वरिष्ठ माध्यमिक तथा माध्यमिक विद्यालयमा साडा ऐन २००६ र एनडीपीएस ऐन १९८५ सम्बन्धी सचेतना कार्यक्रम सञ्चालन गर्ने जिम्मेवारी प्रहरी विभागलाई दिएका छन्। यसरी नै सीमा सशस्त्र पुलिस बललाई विभिन्न विद्यालयहरूमा स्वास्थ्य, शिक्षा, र पुलिस विभागहरूसँगको समन्वयमा कल्याणकारी योजना कार्यक्रमहरू आयोजना गर्ने भार सुम्पिएका छन्। सोरेङ जिल्लामा जेनेरिक औषधिको सहज र सस्तो मूल्यमा उपलब्ध गराउन जिल्लामा जन औषधिलय खोल्नुपर्ने महत्वबारे प्रकाश पारे। जिल्लापाल ठटालले पनि बरामद पदार्थ विसर्जन गर्न इन्सिनरेटरको आवश्यकता रहेको बताए। उनले समाजमा अवैध लागु पदार्थको उपभोग र वितरण उन्मूलनमा महिलाको सहभागिताको महत्व बढी रहेको र उनीहरुको प्रयासलाई सहयोग आवश्यक रहेकोमा जोड दिए।










