गान्तोक: राज्यका राज्यपाल लक्ष्मण प्रसाद आचार्य अनि मुख्यमन्त्री प्रेमसिंह तामाङले गुरु पद्मसम्भवको जन्म जयन्तीको अवसरमा राज्यवासीलाई शुभकामना दिएका छन्। राज्य सरकारको आधिकारिक फेसबूक आईडीमार्फत राज्यपाल लक्ष्मण प्रसाद आचार्यले सिक्किमेली जनसमुदायको मन अनि मस्तिष्कमा गुरु पद्मसम्भवको विशेष स्थान रहेको बताए। धेरै शताब्दी पहिला सिक्किममा उनको आगमनद्वारा आध्यात्मिक जागृति, करुणा अनि ज्ञानोदयको एक नयाँ युगको शुरुआत भएको थियो राज्यपालले विचार पोखेका छन्। आज हामी उनको गहन शिक्षाहरूको सम्मान गर्छौं अनि धार्मिकता अनि आन्तरिक शान्तिको मार्गमा उनीद्वारा देखाइएको मार्गदर्शनलाई हामी अनुशरण गर्छौं। यस पवित्र भूमिका सिक्किमेली जनसमुदायमा उनको आशीर्वाद सधैं रहिरहोस् भन्ने राज्यपालले कामना गरेका छन्। यसरी नै मुख्यमन्त्री प्रेमसिंह तामाङले आफ्नो आधिकारिक फेसबूक पेजमार्फत सिक्किमलाई बेयुल डेमाजोङको रूपमा आशीर्वाद दिनुहुने सिक्किमका संरक्षक गुरु रिम्पोछेको जन्म जयन्तीको पावन अवसरमा सम्पूर्ण सिक्किमेली जनसमुदायलाई शुभकामना व्यक्त गरेका छन्। गुरु पद्मसम्भवलाई सिक्किम राज्यमा सबैले पूजा गर्ने गर्छन्। उनी ८औं शताब्दीतिर तिब्बतमा वज्रयान बौद्ध धर्मका संस्थापक थिए। ‘ओम आह हङ वज्र गुरु पद्म सिद्धु हङ’ को पवित्र मन्त्रसँगै सिक्किमेली जनसमुदायले यस पवित्र दिनलाई सड़कहरूमा विशाल जुलूसहरू निकालेर मनाउँछन्।