दुष्कर्म मामिलामा नौसाद सिद्दीलाई पक्राउ गर्नमा रोक बढ्यो

IMG-20230410-WA0169-11-300x172-17

कोलकाताः भांगड़बाट विधायक नौशाद सिद्दीकीलाई पक्राउ गर्नमा एक पल्ट फेरि रोक बढ़ाइएको छ। आगामी सात दिनसम्म पुलिसले उनलाई पक्राउ गर्नसक्नेछैन। नौशाद विरूद्ध दुष्कर्म मामिलामा शुक्रवार कलकत्ता हाईकोर्टमा सुनवाई भयो।

न्यायमूर्ति जयमाल्य बागचीको खण्डपीठले नौशादको गिरफ्तारीमा रोक कायम राख्ने आदेश दियो। यसपछि मामिलाको सुनवाई न्यायमूर्ति चितरन्जन दासको खण्डपीठले गर्नेछ। पञ्चायत चुनाउ ठीक तीनदिन अघि भांगड़बाट विधायक नौशाद सिद्दीकीमाथि गम्भीर आरोप लागेको छ। एक युवतीले बिहेको वाचा गरी शारीरिक सम्बन्ध बनाएको शिकायत दर्ता गराएकी छन्।

सल्ट लेक नगर पालिकाका अध्यक्ष तृणमूल नेता सब्यसाची दत्ता शिकायतकर्ताको आफन्तको साथ पुलिस स्टेशनमा शिकायत गर्न गएका थिए। यस घटनापछि राजनीतिक षड़यन्त्रको आरोप लागेको थियो।

About Author

Advertisement