मुख्यमन्त्री प्रेमसिंह तामाङलाई दार्जीलिङमा भव्य स्वागत

IMG-20230728-WA0306.jpg

गान्तोकः सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङ शुक्रवार दार्जीलिङको निजी भ्रमणमा गएका थिए। उनको दार्जीलिङ भ्रमणको क्रममा विभिन्न संघ-संस्थाहरूले भव्य स्वागत जनाएको जानकारी प्राप्त भएको छ।

जोरथाङ भएर दार्जीलिङ प्रस्थान गरेका मुख्यमन्त्री तामाङले सर्वप्रथम तकभर चौथो विभागमा गुरूदेव निमा होइसरको दर्शन गरे। जहाँ उनले गुरूदेवसित लगभग आधा घण्टा बिताए। यसपछि उनी सोझै सिंहमारीस्थित सन्त जोसेफ्स स्कूलमा आए अनि स्कूलदेखि खेल मैदानलाई जोड़्ने फ्लाई ओभरको कार्यको पनि निरीक्षण गरे।

ज्ञात रहोस्, मुख्यमन्त्रीले विगत केही समयअघि दार्जीलिङ आएको समय यस स्कूलदेखि स्कूलको खेल मैदानलाई जोड़्ने फ्लाई ओभर निर्माण गरिदिने वचन दिएका थिए। जसको काम हाल धमाधम चलिरहेको छ। यस स्कूलमा लगभग १ घण्टा बिताएपछि उनी दार्जीलिङ शहर आएर विक्रम राईको घरमा दिवा भोजन गरे अनि दार्जीलिङका विभिन्न संघ-संस्थाहरू जस्तै दार्जीलिङ फूटबल सोसाइटी, महाकाल मन्दिर पूजा कमिटीका साथै अन्य संस्थाहरूका प्रतिनिधिहरूसित पनि भेट गरे।

जहाँ यी संघ-संस्थाहरूलाई मुख्यमन्त्रीलाई खदार्पण गरेर स्वागत जनाएका थिए। यसैबीच, दार्जीलिङ प्रेस गिल्डले पनि मुख्यमन्त्री गोलेलाई सम्बर्द्धना जनायो।

About Author

Advertisement