गान्तोकः देउरालीस्थित छोर्तेन गुम्बामा प्रति वर्ष झै यस वर्ष पनि गुरु पद्मसम्भवको जन्म जयन्ती भव्यरूपमा पालन गरियो। आजको यस कार्यक्रममा मुख्य अतिथिकोरूपमा राज्यका राज्यपाल लक्ष्मण प्रसाद आचार्य रहेका थिए भने विशिष्ट अतिथिमा धर्म विभाग मन्त्री सोनम लामा रहेका थिए। आज गुरू पद्मसम्भवको जन्म जयन्ती प्रत्येक वर्ष झै पारम्पारिक ढङ्गमा पालन गरियो। यस कार्यक्रमबारे बोल्दै मन्त्री सोनम लामाले सर्वप्रथम गुरू पद्मसम्भवको जन्मजयन्तीको अवसरमा राज्यका सम्पूर्ण मानिसहरूलाई बधाई एवम् शुभकामना दिॅंदै प्रत्येक वर्ष यसरी नै भव्यरूपमा पालन गरिने बताए।
उनले जानकारी गराए अनुसार, विशेष गरेर आजको कार्यक्रममा गुरूको ३५ फुट लामो थाङका अनुयायीहरूको निम्ति दर्शन गराउन राखिएको बताए। अनुयायीहरूलाई दर्शन गर्नको निम्ति राखिने बताए। यसको संरक्षण गर्नको निम्ति राज्यपालले राजभवनको तर्फबाट सबै प्रकारको सहयोग प्रदान गर्ने आश्वासन दिएको बताए।

यसरी नै मन्त्री लामाले आगामी दिन धर्मगुरू दलाई लामाको सिक्किम भ्रमणलाई लिएर राज्य सरकारले दुई करोडको धन राशि छुट्याइसकेको र उनको स्वागत भव्यरूपमा गरिने योजना रहेको बताए। आजको यस कर्यक्रममा गान्तोक नगर निगमकी उपमेयर छिरिङ पाल्देन भोटिया, आईटी विभागका सल्लाहकार तेञ्जिङ लाम्टा, सिक्किम हाउजिङ बोर्ड अध्यक्ष कर्मा टाशी भोटिया लगायत अन्यहरू पनि सामेल रहेका थिए।










