मुख्यमन्त्रीले १६ अगस्तसम्म पञ्चायत बोर्डको गठन पूरा गर्ने निर्देश

IMG-20230410-WA0169-11-300x172-17

कोलकाताः पञ्चायतहरूमा बोर्ड गठनको फसेला कलकत्ता हाईकोर्टले १७ अगस्तमा सुनाउने घोषणा गरेको छ। यसबीच राज्य सचिवालय नवान्नले १६ अगस्तसम्म पञ्चायत बोर्ड गठन गर्ने आदेश दिएको छ। नवान्नले मुख्यमन्त्री ममता ब्यानर्जीको निर्देशमा यस सम्बन्धमा सबै जिल्ला प्रशासकहरू र बीडीओलाई दिशा-निर्देश पठाएको छ। दिशा-निर्देशमा त्यस अवधिभित्र त्रिस्तरीय पञ्चायतमा बोर्ड गठन गर्नलाई भनिएको छ। संयोगले मामिला अदालतमा लम्बित भएपनि अदालतले बोर्डको गठनमा रोक लगाएन। नवान्नले बोर्ड गठन गर्नलाई भनेको छ।

नवान्नद्वारा जारी निर्देश अनुसार ग्राम पञ्चायत, पञ्चायत समिति र जिल्ला परिषदमा बोर्ड गठनको काम १६ अगस्तसम्म पूरा गर्नुपर्नेछ। यस्तो स्थितिमा विजेताहरूलाई यस सम्बन्धमा निर्देश पठाउनलाई भनिएको छ। मुख्यमन्त्री ममता ब्यानर्जीले बिहिवार विधानसभामा भनेको थियो, १६ अगस्तसम्म बोर्ड गठन हुनुपर्छ अन्यथा उनले बीडीओ र जिल्ला प्रशासकबाट रिपोर्ट माग्नेछिन्।

उल्लेख्य, गत पञ्चायत चुनाउमा पनि १६ अगस्तसम्म बोर्डको गठन गरिएको थियो। यसपछि शुक्रवार सचिवालयाट निर्देशिका जारी गरियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement