सिलगढ़ीः माकपा माटीगढ़ा एरिया कमिटीले शुक्रवार आठ सूत्री मागहरूलाई लिएर अठारोखाई ग्राम पञ्चायतलाई एउटा ज्ञापन सुम्पेको छ। जानकारी अनुसार, सीपीआईएम माटीगढ़ा एरिया कमिटीले केन्द्र सरकारको जल जीवन मिशन, ट्याक्स असूलीमा गड़बड़ी, सय दिनको कामको बाकी पैसालाई लिएर अठारोखाई ग्राम पञ्चायत कार्यालय सामू धरना दियो। यसपछि अठारोखाई ग्राम पञ्चायत प्रधान युथिका रायलाई एउटा ज्ञापन सुम्प्यो।
आज माकपा एऱिया कमिटीका सचिव असीम चौधरी, असित नन्दी समेत अन्य कार्यकर्ता उपस्थित थिए। उनले भने, अठारोखाई क्षेत्रका धेरै सड़कहरू जर्जर छन्। जसको शीघ्र मरम्मत, जल जीवन मिशन, ट्याक्स असूलीमा गड़बड़ी, सय दिनको कामको बाकी राशि सहित ८ सूत्री मागहरूलाई लिएर प्रधानलाई ज्ञापन सुम्पिएको छ। यदि शीघ्र कारबाही गरिएन भने आउने दिनहरूमा ठूलो आन्दोलन गरिनेछ।










