मालदामा महिलाहरूलाई निर्वस्त्र गरी कुट्ने मामिला, चार पुलिस अधिकारीहरू विरूद्ध कारबाही

IMG-20230410-WA0169-11-300x172-17

कोलकाताः पश्चिम बंगाल पुलिसले अन्ततः १९ जुलाईमा मालदा जिल्लाको पाकुआ हाटमा दुई आदिवासी महिलाहरूलाई निर्वस्त्र गरी कुटेको घटनामा निष्क्रियता अपनाएको आरोपमा बामनगोला पुलिस स्टेशनका पुलिस कर्मीहरू विरूद्ध विभागीय कारबाही शुरू गरिएको छ।

कर्तव्य निर्वहनमा लापरवाहीको आरोपमा चार अधिकारीहरूलाई क्लोज गरिएको छ। जुन अधिकारीहरू विरूद्ध कारबाही गरिएको छ, त्यसमा बमनगोला पुलिस स्टेशनका प्रभारी निरीक्षक जयदीप चक्रवर्ती, नालागोला पुलिस चौकीका प्रभारी अधिकारी मृणाल सरकार, पाकुआ हाट पुलिस चौकीका प्रभारी अधिकारी राकेश विश्वास र सहायक उप-निरीक्षक संजय सरकार सामेल छन्।

दुई जनजाति महिलाहरूको उत्पीड़नमा सामेल मानिसहरू बाहेक पुलिसले दुई पीड़ितहरूलाई बामनगोला पुलिस स्टेशन अन्तर्गत नालागोला पुलिस चौकीमा तोड़फोड़मा सामेल भएको आरोपमा पनि पक्राउ गरेको थियो। यद्यपि, पछि दुवैलाई जमानतमा मुक्त गरियो। यस मामिलाको भारी आलोचनापछि यी चार पुलिस अधिकारीहरू विरूद्ध विभागीय जाँच शुरू गरिएको छ। घटनाको नौ दिनपछि यो कारबाही शुरू गरिएको छ।

About Author

Advertisement