गान्तोकः मुख्यमन्त्री प्रेमसिंह तामाङले ‘कारगिल विजय दिवस’ को अवसरमा सिक्किम सरकार र सिक्किमका जनताको तर्फबाट युद्धका नायकहरूप्रति कृतज्ञता व्यक्त गरेका छन्। उनले आज आफ्नो आधिकारिक फेसबुक पेजमार्फत युद्धका नायकहरूको सम्झाना गरेका छन्।
मुख्यमन्त्रीले कारगिल युद्धका शहीदहरूको सम्झाना गर्दै उनीहरूप्रति सम्मान व्यक्त गरेका छन्। उनले हाम्रो देशलाई सुरक्षित राख्न सिमानाको रक्षा गर्ने पुरुष र महिलाहरूले गरेको सर्वोच्च बलिदानको निम्ति पनि सलाम गरेका छन्।
-हिस