कोर्टको कड़ा आदेशपछि सीबीआईले राति नै माणिक भट्टाचार्यसॅंग जेलमा सोधपुछ गऱ्यो

IMG-20230410-WA0169-11-300x172-13

कोलकाताः कलकत्ता हाई कोर्टको कड़ा आदेशपछि केन्द्रिय अन्वेषण ब्यूरो (सीबीआई) को टीमले मंगलवार राति नै प्रेसिडेन्सी सेण्ट्रल जेल गएर नियुक्ति भ्रष्टाचारको मामिलामा पक्रा परेका माणिक भट्टाचार्यसॅंग सोधपुछ गरेको छ। सूत्रहरू अनुसार, अबेर रातिसम्म उनीसॅंग सोधपुछ भयो। सम्पूर्ण प्रक्रियाको भिडियोग्राफी पनि गरिएको छ। कोर्टको आदेश अनुसार जेल प्रबन्धनले जॉंच र सोधपुछमा सहयोग गरेको थियो।

शिक्षक नियुक्ति भ्रष्टाचार मामिलामा पक्रा परेका प्राथमिक शिक्षा परिषदका पूर्व अध्यक्ष माणिक भट्टाचार्यमाथि शिक्षकहरूको ट्रान्सफर-पोस्टिङमा पैसा उठाएको आरोप छ। यसका साक्ष्य अघि आएपछि मंगलवार न्यायमूर्ति अभिजीत गांगुलीको एकल पीठले सीबीआईलाई कडा निर्देश दिॅंदै आज राति नै आठ बजी जेल गएर माणिक भट्टाचार्यसॅंग सोधपुछ गर्न लगायो। ईडीलाई पनि यस मामिलामा धन शोधनको जॉंच गर्न र आवश्यकता परेको खण्डमा फेरि पक्राउ गर्न आदेश दिएको छ।

यस मामिलामा सीबीआईको जॉंचको गतिप्रति असन्तुष्टि प्रकट गर्दै न्यायाधीशले सीबीआई अधिकारीहरूलाई जॉंचमा लापरवाही भइरहेको छ भनी बताएका थिए। उनले यसलाई सहन गर्न नसकिने पनि बताएका थिए।

-हिस

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement