गान्तोकःमुख्यमन्त्री प्रेमसिंह तामाङले पूर्व सिक्किमको लिङदोक निवासी साङ्गे टेम्पो भोटियासॅंग मिन्तोकगाङमा भेट गरेर अन्तरक्रिया गरेका छन्। मुख्यमन्त्रीले आज आफ्नो आधिकारिक फेसबुक पेजमार्फत उक्त जानकारी दिएका छन्।
फुचुङ भोटिया र पासाङ डेम भोटियाका सुपुत्र साङ्गे वैज्ञानिक अधिकारीको पदको निम्ति छनौट भएको र मुम्बईको भाभा परमाणु अनुसन्धान केन्द्रमा भौतिकशास्त्रमा अभियान्त्रिकी स्नातक कार्यक्रम २०२३ माथि अभिमुखिकरण पाठ्यक्रममा भाग लिने जानकारी मुख्यमन्त्रीले गराएका छन्।
मुख्यमन्त्रीले साङ्गेलाई शुभकामना व्यक्त गर्दै उनले आफ्नो क्षेत्रमा उत्कृष्टता हासिल गरिरहने छ र आफ्नो प्रयासहरूमा सफल हुनेछन् भनी आशा व्यक्त गरेका छन्।